राष्ट्र शान्तिका लागि विशेष पूजा


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डीपाठ र होमादि आयोजना गरेको छ ।

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो ।

परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com