सीआईबीको प्रमुखमा ज्ञवाली, बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा


प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार

सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबी प्रमुखमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, यसअघि सीआईबीकी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग सरुवा गरिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com