धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना, ७ जनाको मृत्यु
प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार
hLk b’3{6gf 6S;f/, ! r}t M w/fgaf6 cfh ef]hk’/sf] 3f]/]6f/ cfpFb} ubf{ sf]!h @%(# gDa/sf] pbok’/sf] d}gfd}gLdf b’36{gf ePsf] hLk . pQm hLk b’3{6gf x’Fbf Ps aRrf;lxt ;ft hgfsf] d[To’ ePsf] k|x/Ln] hgfPsf] 5 . tl:a/ ;f}hGoM g]kfn k|x/L÷/f;;
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो ।
को१ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताउनुभयो । जिप सडकबाट करिब तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।






