टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको मंगलबारको खेलमा नेपालले हार ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले हारेको हो ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर जित हासिल गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com