नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार

 त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।
फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो ।
नेपालको प्लेइङ एघारमा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन् ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com