नेपाल एयरलाइन्सका यी उडानहरुको चेक-इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने


प्रकाशित मिति : माघ २७, २०८० शनिबार

नेपाल वायुसेवा निगमको फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको छ ।

निगमको काठमाण्डौं– दुबई र काठमाण्डौं – दमाम सेक्टरका फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको हो ।

विमास्थलमा हुने यात्रु चापलाई मध्यनजर गर्दै निगमले काठमाण्डौं-दुबई (आरए-२२९) र काठमाण्डौं-दमाम (आरए-२४१) सेक्टरका उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट गर्ने भएको हो ।

निगमले यी सेक्टरका उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएकोले सोही बमोजिम समयमा नै विमानस्थल पुग्न आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com