नयाँ वर्ष – २०८१ मा १७ दिन विवाहको लगन : मंसिरमा एक, माघ दुई दिन मात्रै


प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष २०८१ का लागि १५ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिएको छ । आगामी वर्ष २०८१ मा विवाहको लगन १७ दिन मात्रै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ । सबै भन्दा धेरै फागुन महिनामा परेको छ ।

हाम्रो पात्रोका अनुसार बैशाखमा ६ र ७ गते गरी २ दिन विवाहमूहूर्त छ भने असारमा २७, २८, ३० र ३१ गते ४ दिन मात्रै विवाहको लागि साइत परेको छ । मंसिरमा भने एक दिनमात्रै बिहेको साइत छ । मंसिर महिनामा ८ गते मात्रै विवाहमूहूर्त छ ।

यस्तै, माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुर्छ । यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरि ८ दिन लगन जुरेको छ ।

व्रतबन्धको साइत दश दिन

आगामी वर्ष व्रतबन्धका लागि दश दिन साइत जुरेको छ । वैशाखमा ६ गते, माघमा २, ३, १८ र २५ गते साइत जुरेको छ । यस्तै, फागुनमा २ र २६ गते र चैतमा ३, १८ र २५ गते व्रतबन्धको लागि उपयुक्त समय छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com