आइसिसी यु- १९ विश्वकप क्रिकेट : नेपालद्वारा बङ्गलादेशसामु १७० रनको लक्ष्य


प्रकाशित मिति : माघ १७, २०८० बुधबार

आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दक्षिण अफ्रिकामा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अद्र्धशतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com