देशभर चिसो बढ्ने क्रम जारी, काठमाडौंमा यस वर्षकै न्यून तापक्रम


प्रकाशित मिति : माघ १३, २०८० शनिबार

हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले विहान ८ः४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो ।

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताउनुभयो । उहाँले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताउनुभयो । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उहाँले राससलाई बताउनुभयो । तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com