आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

जारी आईसीसी यू १९ विश्वकप क्रिकेट २०२४ मा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालका ओपनर अर्जुन कुमाल १०, गुलशन झा १ र विपिन रावल २ रनमा आउट भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com