चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख नेपालमा, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आईपुगेकी छिन् । उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी नेपाल आईपुगेकीहुन् । आज बिहान उनी तीन दिने भ्रमणका लागि नेपाल ओर्लिएकी हुन् । तीन दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछिन् ।

२६ जनवरीमा नेपाल ओर्लिएकी सुनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई भेट्ने कार्यक्रम छ । शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने छिन् । शनिबार साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

आईतबार बिहान ९ देखि ११ बजेसम्म सोल्टि होटलमा हुने एउटा कार्यक्रममा उनी सहभागि हुनेछिन् । आईतबार ३ बजे नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ । आईतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग पनि भेटघाट गर्नेछिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com