कांग्रेसका पूर्वमहामन्त्री सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित


प्रकाशित मिति : माघ ११, २०८० बिहीबार

कोशी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विजयी बनेका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले(राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com