आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाका खगेन्द्र दर्जी पक्राउ


प्रकाशित मिति : माघ ७, २०८० आईतबार

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जी रहेका छन् ।

कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलाई नियन्त्रणमा लिएको हो । दर्जी हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट काठमाडौँ आएका थिए । विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

बरामद भएको सुन दर्जी आफैले ल्याएको हो वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com