‘संक्रमणकालीन न्यायसम्बन्धित विधेयक हिउँदे अधिवेशनको पहिलो दिन नै सदनमा पेश हुन्छ’


प्रकाशित मिति : माघ ७, २०८० आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताएका छन् । शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको बताउँदै राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको दाबी गरे ।

युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com