रवि मिश्रको एकल कार्टुन प्रदर्शनी, कस्ता-कस्ता कार्टुन राखिएका छन् ? (हेर्नुहोस् तस्वीरमा)


प्रकाशित मिति : माघ ४, २०८० बिहीबार

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ । नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन् । ‘डिपिक्सन’ नाम दिईएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएकाछन् । १७ वर्षदेखि कार्टुन बनाईरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाईसकेका छन् ।

कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए । उनले भने, ‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा । यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो ।’

प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन् । पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन् ।

कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए । उनी भ्नछन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ । तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनी मार्फत दोहोरो संवाद गर्न आईपुगेको छु ।’

‘कर्नर किक’ शिर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकाम प्रकाशित हुन्छन् । कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याईपुर्याएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजिको सुरुवात गरेकाछन् । ‘यो प्रदर्शनी कार्टूनका लागि नयाँ जमिनको खोजी पनि हो ।

अखबारका कोमल र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टूनलाई पुच्याउने रहर हो । कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने । कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत हुन मिश्र ।

तस्वीर : दिपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com