वैदेशिक रोजगारीका लागि एक महिनामा ५१ नेपाली अमेरिका उडे


प्रकाशित मिति : माघ ३, २०८० बुधबार

गत पुस महिनामा मात्रै ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका उडेका छन् । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् ।

जसमध्ये ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । अमेरिका गएका ५१ जना मध्ये ३८ जनाले नयाँ श्रम स्वीकृति र १३ जनाले पुनः श्रम स्वीकृति लिएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए । त्यसअघि मंसिर महिनामा भने ७२ जना अमेरिका उडेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com