नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता


प्रकाशित मिति : पुस ८, २०८० आईतबार

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता भएको छ । आइतबार नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता भएको हो ।

सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले र थाई एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्याडलिङ्ग गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ्ग गर्न छोडी नेपाल वायुसेवा निगमसँग सम्झौता गरेको हो ।

यस्तै, विमानस्थलमा रहेको ८० थान ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित उपकरणहरुसमेत थाइ एयरवेजले नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com