पल शाहविरूद्धको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति
प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/01/pal-shah.jpg?fit=941%2C916&ssl=1)
सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो ।
बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो । पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।