विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत


प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार

आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा यूएईले एक सय ३४ रन बनायो ।

यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । साथै कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एकरएक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com