एसियाली खेलकुदको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित


प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार

एसियाली खेलकुदको क्वार्टरफाइनलमा नेपाल भारतीय क्रिकेट टोलीसँग २३ रनले पराजित भएको छ । योसँगै भारतीय टोली सेमिफाइनलमा पुगेको छ ।

भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो । त्यसलाई पछ्याएको नेपालले नौ विकेट गुमाएर १७९ रन मात्रै जोड्न सकेको थियो ।

यस खेलमा भारतीय कप्तान रुतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

भारतीय टोलीले २० ओभरमा चार विकेट गुमाएर यशस्वी जैसवालको शतकको आधारमा २०२ रन बनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com