अभिनेता अनमोल केसी रिहा


प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ ।

अभिनेता केसीलाई अहिले केही बेरअघि हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com