अभिनेता अनमोल केसी पक्राउ


प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।

चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। त्यही उजुरीको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com