एसियाली खेलकुद : नेपालका दीपेन्द्र सिंहले तोडे भारतका युवराज सिंहको कीर्तिमान


प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार

चीनमा जारी एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले कीर्तिमान बनाएको छ । नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह एरीले ९ बलमा अर्धशतक बनाएर युवराज सिंहको कीर्तिमान तोडेका छन् ।

युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध १२ बलमा ५० रन बनाएका थिए ।

एसियाली खेलकुदका खेलहरू टि-२० क्रिकेट ढाँचामा खेलाइन्छ। नेपालले २० ओभरमा ३१४ रन बनाएको थियो । टोलीको रन रेट १५.७० प्रति ओभर थियो।

नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्को विश्व कीर्तिमान बनाएका छन् । उनले ३४ बलमा बनाएको शतक विश्व कीर्तिमान बनेको छ । मल्लले ५० बलमा १३७ रन बनाएर अविजित रहे । उनले आफ्नो पारीमा ८ चौका र १२ छक्का प्रहार गरे ।

दीपेन्द्र सिंहले १० बलमा अविजित ५२ रन बनाए । उनले आफ्नो पारीमा आठ छक्का प्रहार गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com