प्रमुख संदिग्ध मारिएको पुष्टि


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

बिहीबारको बार्सिलोना आक्रमणको मुख्य संदिग्ध मोउसा ओकाबीर अर्को आक्रमण भएको स्थल क्याम्ब्रिल्समा पाँचजना अरुसँगै प्रहरीद्वारा मारिएको बताइएको छ।

प्रहरीले त्यसअघि ओकाबीर र तीनजना अरु पुरुषलाई खोजिरहेको बताएको थियो।

अब एकजनाको पत्ता लाग्न बाँकी रहेको छ र चारजना संदिग्धहरु गिरफ्तार गरिएको छ।

ओकाबीरले भाडामा लिएको भनिएको भ्यान जोताइँदा बार्सिलोनाको प्रसिद्ध पर्यटकीय गन्तब्य लस र्याम्ब्लसमा तेह्र जना मारिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठूलो आक्रमणको योजना

क्याटनल प्रहरी प्रमुख जोसेफ लुइस ट्रापेरोले भने, “एउटा जिहादी इकाइले बार्सिलोनामा निकै ठूलो आक्रमण गर्ने योजनामा थियो तर उनीहरुको केन्द्र बुधबार दुर्घटनाग्रस्त भएर जलेपछि उनीहरुले त्यो योजना त्यागेका थिए।”

पत्तायुनुस अबोयाकुबको मात्रै पत्ता लाग्न बाँकी छ

१७ वर्षीय भन्ने ठानिएको मोउसा अकाबीर उत्तरी क्याटलनी शहर गिरोनाका स्पेनी नागरिक थिए।

अरु सबैजसो संदिग्धहरु मोरोक्कोका छन्।

मोउसाले आफ्ना भाइको कागजपत्र प्रयोग गरेर बार्सिलोना आक्रमणमा प्रयोग गरिएको भ्यान भाडामा लिएको आशंका गरिएको छ।

बार्सिलोनामा आक्रमण भएपछिको रात क्याम्ब्रिल्समा एउटा कार पैदलयात्रुमाथि जोताइँदा एक महिलाको मृत्यु र ६ जना घाइते गराएका पाँचजना आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएको थियो।

प्रहरीले मिडियालाई भने अनुसार साइद अल्आ, १८, मोहम्मद हीचामी, २४, र अकाबीर मारिएकाहरुमा पर्छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com