नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चतुरबहादुर चन्द निर्विरोध निर्वाचित


प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचन पक्रियामा अध्यक्ष पदका अर्का उम्मेदवार विनयराज भण्डारी चुनाव नलड्ने भएपछि चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि क्यानको अध्यक्ष थिए ।

यसअघि क्यानको कोषाध्यक्ष रहेका रोशनबहादुर सिंह पनि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्। अब सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com