नेपाली क्रिकेट टोलीका स्पिनर ललित राजवंशी घाइते, एसियाली खेलकुद गुमाउने
प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताअघि स्पिनर राजवंशी घाइते भएका हुन् ।
२४ वर्षीय बायाँ हाते स्पिनर ललित बुधबार अभ्यासका क्रममा घाइते भएका हुन् । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ । ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
ललितले अब एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् । प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।






