क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
प्रकाशित मिति : आश्विन १, २०८० सोमबार

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ । तीज पर्व तथा पर्याप्तमात्रामा न्याायधीश नहुँदा लामिछानेको मुद्दा स्थगित भएको हो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । अर्को सुनुवाईको मिति तोकिएको छैन ।