तीजमा पवित्रता कायम गर्ने उद्देश्यसहित पशुपति क्षेत्रमा मासु र मदिरा निषेध


प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

असोज १ गते हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा प्रशासन कार्यालयले पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म मासु र मदिरा निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com