चिकित्सक कुटपिट प्रकरण : आज नेपालभरीका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द


प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार

यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुईजना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही नगरेको भन्दै नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ ।

संघले आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जानकारी दिएको हो ।

बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको सङ्घको भनाइ छ ।

देशभरका स्वास्थ्य संस्थामा अनिवार्यरूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ । अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्न पनि सङ्घको माग छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com