रोजगारीका शिलशिलामा भारत गएका एक नेपालीको मृत्यु


प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार

रोजगारीका शिलशिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उहाँको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताउनुभयो । कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com