सह-महामन्त्री यादवमाथि धारिलो हतियारले आक्रमण गर्ने को हुन ? कांग्रेसले के भन्यो ?


प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ ।

यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति राजावादी भएको पनि खुलेको छ ।  आक्रमणपछि उनले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । साथै उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए ।

आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटा

रिपोटर्स क्लबले यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । आक्रमणकारीले राजतन्त्रको पक्षमा नारा लगाएकोले यो अक्रमण राजनीतिक स्वार्थप्रेरित रहेको नेविसंघका सभापति दुजाङ शेर्पाले बताए । घटनाको निष्पक्ष छानविन गरेर दोषिलाई कारबाही नभए सडक संघर्षमा जाने उनले चेतावनी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमणकारी सापकोटा कार्यक्रम अवधिभर क्लबभित्रै अघिल्लो लहरमा न बसेर भाषण सुनेका थिए । क्लबबाट यादव बाहिरिएसँगै उनले यादवको पिछा गर्दै एकाएक आक्रमण गरेका थिए । सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

नेपाली कांग्रेसले पार्टी सह–महामन्त्री महेन्द्र यादव माथि भएको सांघातिक हमलालाई गम्भीरतापूर्वक लिएको छ । सहमहामन्त्री माथिकोको आक्रमणको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यादवमाथि आक्रमण गर्नेलाई गहिरो अनुसन्धान गरेर कारबाही गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com