एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार

एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका छन्।

उनी सोमबार बिहान कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् ।

लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लामिछानेले एसिया कप खेलका लागि आफू तयार र उत्सुक रहेको बताएका थिए ।

लामिछाने एसिया कपको क्रममा भदौ १८ गते हुने नेपाल र भारतबीचको खेल्नेछन् । नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com