अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालयमा तानिए


प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

अधिकारी गएको फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com