सन्दीप लामिछानेविरुद्धको मुद्दामा किशोरीकी आमाको उमेर प्रमाणित गर्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाली किशोरीकी आमाको उमेर प्रमाणित गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि प्रमाणित गर्न आदेश दिएको हो।

सोही विवरणका कारण पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिएको छ । उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर प्रमाणित गर्न न्यायाधीश खतिवडाले आदेश दिएको हो ।

उता किशोरीको उमेर भने घटना हुँदाको समयमा नाबालिग नरहेको, १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ। यो प्रकरणमा ती किशोरीले अदालतको आदेशअनुसार राज्यले पीडित राहत कोषबाट दिने एक लाख रुपैयाँ बुझेर लगिसकेकी छन्।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com