वाग्नर समूहको राष्ट्रपति पुटिनसँगको सम्झौता, अवस्था बिग्रनबाट रोक्न सहमत


प्रकाशित मिति : असार १०, २०८० आईतबार

रुसी सरकारी मिडियाका अनुसार वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस जानेछन्। बेलारुस रूसको सहयोगी हो। रिपोर्टहरू अनुसार रक्तपात रोक्नको लागि येवगेनी प्रिगोजिन र उनका लडाकुहरू विरुद्धको आरोपहरू हटाइनेछ।

शनिबार वाग्नर समूहले रुसको रोस्तोभ सहरको नियन्त्रण दाबी गर्दै ‘विद्रोह’ भएको दाबी गर्दै मस्कोतर्फ अघि बढेको बताएको थियो। तर, रातीमा प्रिगोजिनले आफ्नो मार्च रोकेको छ र अब लडाकुहरू आफ्नो आधारमा फर्किरहेका छन्।

रोस्तोभ सहरबाट फर्किने क्रममा आएका तस्बिरमा स्थानीय मानिसहरूले लडाकुलाई अँगालो हालेर बिदाइ गरेको देखिन्छ । रोसिया २४ न्यूज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुरा गरेपछि प्रिगोजिनले आफ्ना लडाकुहरूलाई राजधानीतर्फ अघि बढ्नबाट रोकेका थिए।

प्रिगोजिन आफ्ना लडाकुहरूको मार्च रोक्न र अवस्था बिग्रनबाट रोक्न सहमत भएका छन्। लुकासेन्कोको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै रोसिया २४ न्युज च्यानलले लुकासेन्कोको मस्कोसम्मको मार्चलाई बीच बाटोमा रोक्ने प्रस्तावलाई प्रिगोजिनले स्वीकार गरेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com