पुटिनको सम्बोधनपछि वाग्नर समूहका प्रमुखले भने- ‘राष्ट्रपतिले ठूलो गल्ती गरे’


प्रकाशित मिति : असार ९, २०८० शनिबार

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको अडियो सन्देश बाहिर आएको छ। यसमा प्रिगोजिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधनको जवाफ दिएका छन् ।

सन्देशमा भनिएको छ, ‘मातृभूमिलाई धोका दिने कुरा गरेर राष्ट्रपतिले ठूलो गल्ती गर्नुभयो । हामी देशभक्त हौं। हामी लड्दै आएका छौं र लडिरहेका छौं।’

सन्देशमा भनिएको छ, ‘हामी हाम्रो देशलाई भ्रष्टाचार, झूट र नोकरशाहीमा फसेर बस्न दिन चाहँदैनौं।’ राष्ट्रपति भ्लादिमिर पुटिनले रोस्तोभ शहरमा वाग्नर समूहको कारवाहीपछि राष्ट्रलाई सम्बोधन गरेका थिए।

उनले केही रुसी नागरिकलाई आपराधिक गतिविधिमा संलग्न गराउन ठगिएको बताए । पुटिनले रुसको भविष्य खतरामा रहेको बताए । उनले विद्रोहीको गतिविधिलाई ‘पिठमा छुरा प्रहार’ भनेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com