अस्ट्रियाको राजधानी भियना बस्नयोग्य उत्कृष्ट शहर, शीर्ष १० मा कुन-कुन ?


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

अस्ट्रियाको राजधानी भियना यस वर्ष बस्नका लागि उत्कृष्ट शहर घोषित भएको छ । द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले ‘ग्लोबल लाइभबिलिटी इन्डेक्स २०२३’ शीर्षकको तथ्यांक सार्वजनिक गरेको छ, जसले बस्नका लागि सबैभन्दा राम्रो र नराम्रो सहरहरूको सूची सार्वजनिक गरेको छ।

यो तथ्याङ्क स्वास्थ्य प्रणाली, संस्कृति, स्थिरता र वातावरणलगायत विषयवस्तुको आधारमा तयार गरिएको हो।

शीर्ष १० मा कुन कुन शहर ?

‘ग्लोबल लाइभबिलिटी इन्डेक्स २०२३’ द्वारा जारी गरिएको सूची अनुसार शीर्ष १० शहरहरूमा क्यानाडाका अधिकतम तीन शहरहरू, अष्ट्रेलिया र स्विट्जरल्याण्डका दुई-दुई शहरहरू समावेश छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बस्नका लागि भियना सबैभन्दा उत्कृष्ट सहर हो भने डेनमार्कको राजधानी कोपनहेगन दोस्रो नम्बरमा छ । यो सूचीमा अस्ट्रेलियाको मेलबर्न तेस्रो र सिड्नी चौथो स्थानमा रहेको छ भने क्यानडाको भ्यानकुभर पाँचौं स्थानमा छ ।

छैटौंमा स्वीजरल्याण्ड जुरिच, सातौंमा क्यानाडाको क्यालगरी, आठौंमा स्विजरल्याण्डकै जेनेभा छ भने नवौंमा क्यानाडाको टोरन्टो र दशौंमा जापानको ओसाका परेको छ ।

सर्वेक्षणका अनुसार जहाँ एकतर्फ एशिया–प्रशान्त सहरको प्रगति भएको छ । यसैबीच, पश्चिमी युरोपेली शहरहरू २०२३ मा र्‍याङ्किङ तल झरेका छन्। सबैभन्दा खराब अवस्था युद्धग्रस्त युक्रेनको राजधानी किभको छ।

यो वर्ष १७३ सहरको सूचीमा कीभ १६५ औँ स्थानमा रहेको छ भने २०२२ मा रुसको मस्को सहर ९६औँ स्थानमा झरेको र यो वर्ष मस्कोले आफ्नो स्थान कायम राखेको छ ।

सिरियाको राजधानी दमास्कस बस्नका लागि सबैभन्दा खराब सहरको सूचीमा पहिलो स्थानमा छ भने लिबियाको राजधानी त्रिपोली १७२औँ स्थानमा छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com