अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच कुन-कुन विषयमा छलफल हुँदैछ ?


प्रकाशित मिति : असार ५, २०८० मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको राजकीय भ्रमणमा छन् । उनको यो भ्रमणले भारत–अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । ह्वाइट हाउसले प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच विभिन्न विषयमा अर्थपूर्ण र ठोस वार्ता हुने बताएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुई नेताबीचको वार्ताले जनता–जनताबीचको सम्बन्धलाई विकास गर्ने र भविष्यमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए ।

जोन किर्बीले भने – ‘हामीले कोभिड-१९ को सन्दर्भमा भारतलाई कडा रूपमा सहयोग गरेका छौं। दुई नेताबीच जलवायु संकट र जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।’

किर्बीले दुई नेताले जनता–जनताबीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउनमा पनि ध्यान दिने बताए । उनले भविष्यमा युवाले मात्रै दुवै देशको नेतृत्व गर्ने बताए । किर्बीले भने- ‘हामी वृद्धि, विकास, आपसी समझदारीलाई कसरी बलियो बनाउन सक्छौं भन्ने कुरा सुनिश्चित गर्न चाहन्छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीएम मोदी जुन २१ मा संयुक्त राष्ट्र मुख्यालयमा योग दिवस समारोहमा सहभागी हुनेछन्। यसपछि उनी वासिङ्टन डिसी जानेछन् र २२ जुनमा ह्वाइट हाउसमा उनको न्यानो स्वागत गरिनेछ । यससँगै उनले अमेरिकी राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनसँग डिनर गर्ने छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com