नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात


प्रकाशित मिति : असार ४, २०८० सोमबार

विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो ।

बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताउनुभयो ।

“यसै खेलमा करिअर बनाउन चाहेका लागि प्रशिक्षणका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय गेम आइस हक्कीका लागि पनि यहाँ तालिम गर्न सकिन्छ ।”

कम्पनीले खेलका लागि प्रत्येक शनिबार र आइतबार तथा बिदाका दिन टिकटको मूल्य रु आठ सय तोकिएको छ भने अन्य दिनमा भने रु पाँच सय तोकिएको छ । एउटा टिकटबाट ४० मिनेटसम्म खेल खेल्न पाइन्छ । खेल खेल्ने क्रममा कम्पनीले हेल्मेट, जुत्ता, घुँडामा लगाइने गार्ड समेत उपलब्ध गराउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खेलमा प्रयोग हुने उपकरण गुणस्तरीय र सुरक्षित रहनुका साथै प्रशिक्षणका लागि जनशक्ति पनि तयार रहेको उहाँको भनाइ छ । फनल्यान्डमा आइस स्केटिङका साथै जुम्पिङ, निन्जा ट्रेनिङ, रक क्लाम्बिङ, बुल राइडलगायत भिडियो खेलहरुमा डान्स, बाइक, कार रेस, भिआर–थ्रिडी गेम, बास्केटबल, एअर हक्की, ग्राभिटीको सुविधा समेत उपलब्ध गराइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com