तिब्बत सरकार प्रमुखले फेरी भने, ‘तातोपानी नाका खुलाउन भौगोलिक अध्ययन हुँदैछ’


प्रकाशित मिति : श्रावण ८, २०७४ आईतबार

– चन्द्रशेखर अधिकारी

श्रावण ८, २०७४- तिब्बत जनसरकार प्रमुख  छि टालाले तातोपानी नाका खुलाउन सीमा क्षेत्रको भौगोलिक ‘जटिलता र जर्जर अवस्था’ को अध्ययन भइरहेको बताएका छन् ।

चिनियाँ सरकारको निमन्त्रणामा तिब्बतको धार्मिक भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसित शनिबार साँझ भएको भेटवार्तामा छिले यस्तो धारणा ब्यक्त गरेका हुन् । ओलीले तातोपानी नाका खोल्न तिब्बत सरकार प्रमुखले नै सक्रियता देखाउन आग्रह गरेका थिए । नेपालतर्फ कुनै समस्या नरहेको भन्दै उनले चीनबाट ढिलाई हुनुको कारण खोज्दै यसमा सकारात्मक बन्न आग्रह गरेका थिए ।

‘नेपाल–चीन ऐतिहासिक सम्वन्धसँग जोडिएको र दुईपक्षीय ब्यापारको लाइफ–लाइन तातोपानी नाका निर्विकल्प सुचारु हुन आवश्यक छ,’ तिब्बत जनसरकार प्रुमख छिसँग उनले भने, ‘उक्त नाका नखुल्दा त्यस आसपासका नेपाली समस्यामा परेका छन । नाका खोल्ने कार्य छिटो अघि बढोस् ।’ भ्रमणमा सहभागी ल्हासाका लागि महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले टेलिफोनमा कान्तिपुरसँग कुरा गर्दै ओली र छिबीच दुईपक्षीय सम्झौता कार्यावन्यनमा ल्याउने विषयमा समेत छलफल भएको जानकारी दिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ओली बसेकै होटलमा तिब्बत सरकार प्रमुख छिले भेटवार्ता गरेका हुन् । छिले ओलीको सम्मानमा रात्री भोजसमेत आयोजना गरेका थिए । ‘आफू प्रधानमन्त्री हुदा भएका सम्झौता कार्यावन्यनमा लैजाने विषयमा उहाँले तिब्बत सरकार प्रमुखसंग छलफल गर्नुभयो । उहाँले यो विषय आइतबार सिगात्सेमा पनि उठाउनुभयो,’ कार्कीले भने, ‘चीनका तर्फबाट आफूहरु त्यो नाका खुलाउन सकारात्मक रहेको र भौगोलिक अवस्थाका बारेमा अध्ययन भइरहेको जवाफ आएको थियो ।’

चीनले तातोपानी नाकालाई मानिसभन्दा पनि मालबाहक सवारीसाधन आउजाउलाई मात्र हुने गरी संचालनमा ल्याउन चाहेको छ । न्यालोम (कुती) देखि तातोपानी भन्सारसम्म सिधा कन्टेनर ल्याउने गरि चिनिया पक्षले राखेको प्रस्तावमा नेपाल सहमत भएमात्र नाका खुल्ने बुझाइ परराष्ट्र अधिकारीहरुको छ । नेपालले पूर्ववत अवस्थामा नै नाका संचालन हुनुपर्ने धारणा राख्दै आएको छ । पछिल्ला दुई वर्षमा केपी ओली र पुष्पकमल दाहालले प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गरे । दुवै भ्रमणमा प्रस्तुत भएका विभिन्न एजेण्डामध्ये एक प्रमुख विषय तातोपानी नाका हो । प्रधानमन्त्रीस्तरमै छलफल भए पनि नाका खुल्ने छाँटकाँट छैन । पछिल्लो समय चीनको कूटनीति भारतसंगको सम्बन्धमा बढि केन्द्रित देखिएकाले पनि यस्ता विषय खासै प्राथमिकतामा नरहेको विश्लेषण एकथरि अधिकारीहरुको छ ।

चीनले चाहने हो भने सीमा क्षेत्रको भौगोलिक ‘जटिलता र जर्जर अवस्था’ को अध्ययन गर्न लामो समय लाग्दैन । चीनले नाका खोल्न इच्छाशक्ति नदेखाएकैले ढिलाई भएको विज्ञहरुको भनाई छ । २०७२ बैशाखको महाभुकम्पले प्रभावित भएको तातोपानी नाका अझै खुल्न सकेको छैन् । यही विषयलाई ओलीमात्र होइन हरेक जस्तो नेपाली नेतृत्व चीन जाँदा उठाउने गरेका छन । ओली पारिवारिक भ्रमणमा ६ सदस्यसहित शनिबार तिब्बत गएका हुन । उनी सोमबार कैलाश मानसरोबर पुग्नेछन् भने शुक्रबार स्वदेश फर्कनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com