एउटै परिवारको ससहयोगमा अनाथ आश्रम सञ्चालन


प्रकाशित मिति : श्रावण ८, २०७४ आईतबार

बाजुरा, ८ साउन । एउटा परिवारको मायाले बूढीगंगा नगरपालिका–२ मा १० जना अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पाउँदा हर्षित बनेका छन् ।

बाजुरा बूढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविस–१ मा काका बहादुर थापा र भतिज गणेश थापाको परिवारले विगत तीन वर्षदेखि अनाथ बालबालिकाको स्याहार गर्दैआएका छन् । उनीहरुलाई खान, बस्नदेखि शिक्षा, स्वास्थ्यमा थापा परिवारले सहयोग पु¥याएको छ ।

घरमै अनाथ बालबालिकाका लागि आश्रम बनाइएको छ । आश्रम नजिकै रहेको वसन्त बालमैत्री प्राथमिक विद्यालयमा १० बालबालिका अध्ययन गर्दै आएका छन् । प्राविका प्रधानाध्यापक बहादुर थापा कन्सर्न बाजुराका अध्यक्ष हुनुहुन्छ । थापाकी पत्नी सावित्री थापाले बालबालिकाकोे स्याहारसुसार तथा संरक्षण गर्दै आउनुभएको छ ।

आश्रममा बसेका सबै बालबालिकाका आमाबुबा छैनन् । सम्बन्धित गाविसको सिफारिसपछि आश्रममा राखिएको संस्था निर्माण कर्ता गणेश थापाले बताउनुभयोे । आश्रममा चारजना बालबालिका ब्रह्मतोलाका, दुई जयवागेश्वरीका दुई कैलाशमाडाँैका हुन् ।

उनीहरुको लालनपालन, शिक्षा, स्वास्थ्यका लागि मासिक रुपमा तीस हजारभन्दा बढी खर्च हुने गर्दछ । आश्रममा रहेका बालबालिका चारदेखि नौ वर्ष उमेरका छन् । हालसम्म आश्रम सञ्चालनमा करिब तीन लाख खर्च भइसकेको कन्सर्न बाजुराका महासचिव पदम भण्डारीले बताउनुभयो ।

यसवर्ष अनाथ बालबालिकाका लागि पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले संसद् विकास कोषबाट रु दुई लाख र ब्रह्मतोला गाविसले २५ आँै गाउँपरिषद्बाट रु एक लाख १० हजार भवन निर्माणका लागि छुट्याइएको छ ।

अनाथ बालबालिकाका लागि महिला तथा बालबालिका कार्यालयबाट रु दुई लाख ८६ हजारको एक कार्यक्रम सञ्चालन गरिएको छ । संस्थालाई खाने सामग्री र कपडाका लागि अमेरिकामा बस्ने यज्ञबहादुर राना र पदमबहादुर शाही लगायतले रु ७० हजार बराबरको सहयोग गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com