पश्चिम बंगाल सरकारले लगायो नेपाली टिभी कार्यालयमा ताला


प्रकाशित मिति : श्रावण ८, २०७४ आईतबार

– पर्वत पोर्तेल
श्रावण ८, २०७४- एक महिनादेखि दार्जिलिङमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको पश्चिम बंगाल सरकारले एउटा नेपाली टीभी च्यानलको प्रशारण समेत रोकेको छ ।

सिलिगुडीबाट प्रशारण भइरहेको भारतकै पहिलो नेपाली टीभी च्यानल एबीएनलाई बंगाल सरकारको ठाडो निर्देशनमा बन्द गरिएको हो । प्रहरीले सिलिगुडीस्थित टीभी कार्यालयमा शनिबार राति १ बजे तालाबन्दी गरेको च्यानलका पत्रकार रुवेन गुरुङले जनाए ।

‘पूर्व जानकारी बिना प्रहरीले अचानक तालाबन्दी गर्दा हामी आतंकित बनेका छौं,’ गुरुङले भने, ‘यो बंगाल सरकारको ज्यादती हो ।’

गोर्खाल्याण्डको समर्थनमा समाचार प्रशारण गरेको आरोप प्रशासनको छ । प्रहरीले तालाबन्दी अघि कार्यालयमा अनाधिकृत ढंगबाट छापा मारेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com