आईसीसीको यो पत्रका आधारमा कायम हुनेभयो जोशीको उम्मेदवारी


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

एनआरएन अमेरिकाको निर्वाचन आयोगलाई एनआरएन आईसीसीले गौरी जोशीको सन्दर्भमा आज लेखेको पत्रका आधारमा कायम हुनेभयो जोशीको उम्मेदवारी कायम हुने भएको हो । निर्वाचन आयोगले दावीविरोधपछि प्रकाशित हुने उम्मेदवारहरुको अन्तिम सुचीमा जोशीको नाम समावेश गर्ने तयारी गरेको छ ।

यसअगाडि निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको सुचीमा गौरी जोशीको नाम समावेश गरिएको थिएन । जोशीको उम्मेदवारी विधानसम्मत नभएको भन्दै उम्मेदवार सुचीमा नाम समावेश नगरिएको हो । तर अब भने जोशीको उम्मेदवारी कायम हुने पक्का भएको छ ।

img_2505-1.jpg

उम्मेदवारी दर्ता नभएपछि जोशी आफ्नो उम्मेदवारी वैधानिक रहेको दावी गर्दै न्यायिक समितिमा गएका थिए । समितिले त्यसवारे जवाफ दिन निर्वाचन आयोगलाई आजसम्मको समय दिएको थियो ।

चर्चित सफल युवा व्यवसायी जोशी एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका सल्लाहकार हुन् । त्यसअगाडि उनी सन् २००७ देखि सन् २००९ सम्म एनआरएन अमेरिकाको कम्युनिकेशन डाइरेक्टर थिए । विभिन्न सामाजिक संस्थामा काम गरिसकेका जोशी एनआरएन अमेरिकाको चुनावी चहलपहलमा अग्रपंक्तिमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com