गर्मी छल्नेको भीड


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

श्रावण ७, २०७४- सिन्धुलीगढीमा अहिले गर्मी छल्नेको भीड लाग्ने गरेको छ। सदरमुकामबाट २० किमि उत्तरमा पर्ने यहाँको मौसम उत्तिकै रमणीय छ। गर्मीमा यो क्षेत्रमा जाडो हुन्छ।

गर्मीले बाहिरी कपडासमेत खोलेर सवारीसाधनमा बसेको देख्न सकिन्छ। ढुंग्रेभन्ज्याङबाट जब सवारीसाधन उकालो लाग्छ पूरै कपडा लगाउनै पर्छ। गर्मी होस् या जाडो बाह्रैमहिना यहाँ हुस्सु लागेर
चिसो हुन्छ।
सिन्धुलीगढीको ऐतिहासिक महत्त्व र नागबेली सडकको मनोरम दृष्य हेर्नैका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्। यो वनभोज तथा सामान्य घुमघामको रोजाइको क्षेत्र बनेको सिन्धुलीगढी संरक्षण समिति सचिव खिलराज देवकोटा बताउँछन्। ‘चिसोमा भन्दा अहिले यहाँ आउनेको संख्यामा वृद्धि भएको छ, गर्मी भुलाउनकै लागि गढी रोजाइमा परेको हो।’
सिन्धुलीगढी बीपी राजमार्ग हुँदै जान सकिन्छ। यहाँ आजभोलि वनभोज खानेको भीड देख्न सकिन्छ। यहाँ खानेपानीको सुविधा, व्यवस्थित वनभोजस्थल भएकैले सर्वसाधारणको आकर्षणको गन्तव्य बनेको सचिव देवकोटा बताउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com