गर्भावस्था अघि र पछि महिलाले ध्यान दिनुपर्ने कुरा

प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

भिषा काफ्ले

नेपालमा प्रत्येक वर्ष ६ देखि सात लाख महिला गर्भवती हुने नेपाल सरकारको तथ्यांक छ । त्यसमध्ये ६० प्रतिशत योजनाबद्ध रूपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजनाविना नै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउाछन् । यसरी योजनाविना नै गर्भवती हुादा धेरै युवतीमा अनावश्यक तनाव हुन जान्छ । साथै, यो अवस्थामा देखिने स्वाभाविक परिवर्तनदेखि लिएर कहिलेकाहीा हुने जटिल अवस्थाको विषयमा पनि उनीहरूलाई थाहा हुादैन । त्यसकारण योजनाबद्ध रूपमा गर्भधारण हुनु नै उपयुक्त हुने प्रसुती तथा स्त्रीरोग  प्रा.डा. जागेश्वर गौतम बताउाछन् ।

गर्भावस्थामा हुने परिवर्तन र जटिलता थाहा भएका युवतीहरूमा सो समयमा त्यति धेरै समस्या नपर्ने उनको भनाइ छ । ‘युवतीहरूलाई कहिलेकाहीा गर्भावस्थामा हुने सामान्य परिवर्तनका विषयमा पनि जानकारी हुादैन र धेरै आत्तिएको पाइन्छ,’ उनी भन्छ, ‘कहिलेकाहीा अज्ञानताकै कारण गर्भवती र बच्चाको अवस्था जटिल भइसक्दा पनि स्वास्थ्य संस्थामा गएको पाइादैन ।’

योजनाबद्ध रूपमा गर्भवती भएपछि पनि गर्भावस्थाको नियमित परीक्षण गर्नुपर्ने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउाछिन् । ‘गर्भवती भएपछि कम्तीमा पनि चारपटक स्वास्थ्य संस्था गएर गर्भ जााच गराउनुपर्छ,’ उनी भन्छि, ‘अझ गर्भ असामान्य अवस्थामा छ या महिलामा विभिन्न किसिमका समस्या देखिएका छन् भने विशेष ख्याल गर्नुपर्ने हुन्छ ।’

गर्भवती हुने योजना बनाएपछि

  • गर्भवती हुने प्रयास गर्ने वेलादेखि नै फोलिक एसिड चक्की लिने । यसले बच्चाका अंगहरूको विकासलाई सहयोग गर्छ ।
  • गर्भाधान गर्नुअघि मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड हार्मोन, छारेरोग, मुटुको रोग छ भने त्यस्ता रोगलाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।
  • बारम्बार गर्भपतन भइरहने महिलाहरूले राम्रोसाग सबै कुराको जााच गराएर मात्र गर्भवती हुनु राम्रो हुन्छ।

गर्भावस्थामा हुनसक्ने सामान्य शारीरिक परिवर्तनहरू

  • कमजोर महसुस हुने ।
  • सामान्य टाउको दुख्ने ।
  • सामान्य बमिट हुने ।
  • ढाड दुख्ने ।
  • खुट्टा सुन्निने ।
  • खुट्टाका नसा सुन्निने ।
  • सामान्य पेट दुख्ने ।
  • पोतो आउने ।
  • छाला चिल्लो र कलिलो हुने ।

(नोट यस्ता समस्या आफौ ठीक हुन्छ।)

गर्भावस्थाका असामान्य अवस्था
योनीबाट पिसाबजस्तो पातलो पानी जानु ।
रक्तश्राव हुनु ।
लगातार टाउको दुखेमा, रिंगटा लागेमा, पिसाबको मात्रा कम हुनु ।
बढी खोकी लाग्नु ।
बच्चा नचलेमा या कम चलेमा (१२ घन्टामा कम्तीमा १० पटक चल्नुपर्छ)
बच्चा तेर्सो या उल्टो बस्नु ।

गर्भवती भएपछि

  • गर्भवती भएको थाहा पाउनासाथ स्वास्थ्य संस्थामा जाचाउने ।
  • आफूखुसी औषधि सेवन नगर्ने ।
  • सरसफाइमा विशेष ध्यान दिने ।
  • घरमा बनाएको खाना मात्र खाने ।
  • प्रत्येक दिन कम्तीमा दुई गिलास दूध, फलफूल, हरियो सागपात, उम्रेको गेडागुडी खाने।
  • धेरै बेर खाली पेट नबस्ने, छिनछिनमा थोरै–थोरै खाइरहने ।
  • धुम्रपान नगर्ने र अरूले गरेको स्थानमा पनि नबस्ने, मद्यपान नगर्ने ।
  • गह्रुागो भारी नबोक्ने, सवारीसाधन आफौ नहााक्ने, लामो दूरीको यात्रा नगर्ने ।
  • दिउासो कम्तीमा दुई घन्टा आराम गर्ने ।
  • मानसिक तनाव नलिने ।
  • सुत्दा सकेसम्म देब्रे कोल्टे फर्किएर सुत्ने ।
  • लामो समय उभिएर काम नगर्ने, खुट्टा झुन्ड्याएर नबस्ने ।
  • सुतेर उठ्दा पहिले कोल्टे फर्कने अनि मात्र उठ्ने ।
  • सुरुको दुई महिना र अन्तिम महिनामा यौनसम्पर्क नराख्दा राम्रो हुन्छ ।
  • गर्भावस्थाका कारण उच्च रक्तचाप वा मधुमेह देखापर्न सक्छ । थाइराइड हर्मोन कम भएका महिलाले थाइराइडको औषधि सेवन नगरेमा जन्मने बच्चा सुस्त मनस्थितिको हुनसक्छ ।
  • बच्चा ठाउामा भए नभएको, राम्रो विकास भएरनभएको वा बच्चाको संख्या थाहा पाउन ६ देखि आठ हप्तामा अल्ट्रासाउन्ड जााच गराउनुपर्छ ।
  • बच्चा अपांगता भएरनभएको हेर्न १८ देखि २० हप्तामा पुन अल्ट्रासाउन्ड गर्नुपर्छ ।

सुत्केरी भएपछि

  • सफा लुगा लगाउने ।
  • भित्री लुगा दैनिक दुई–तीनपटक फेर्ने ।
  • सेनेटरी प्याडको प्रयोग गर्ने ।
  • व्याक्तिगत सरसफाइमा ध्यान दिने ।
  • बन्द कोठामा धुवाा आउने चिज नबाल्ने ।
  • बच्चालाई दिने नियमित खोप दिने ।
  • ३५ वर्षअगाडि नै उपयुक्त

महिलामा बच्चा बन्न चाहिने अन्डा हुन्छ । जुन अन्डासयमा रहेको हुन्छ । यो निश्चित समयसम्म हुन्छ । जब अन्डाहरू सिद्धिन्छन् महिलाको रजस्वला वा मासिक धर्मको चक्र सकिन्छ । प्राय यो चक्र ४७ वर्षको उमेर सेरोफेरोमा सकिने गरेको पाइन्छ । मासिक धर्म रोकिनु १० वर्षअगाडि नै महिलामा उर्वरता न्यून भइसकेको हुन्छ । कुनै–कुनै महिलामा करिब शून्यकै अवस्थामा पुगिसकेको हुन्छ । त्यसकारण महिला ३५ वर्ष कटेपछि बच्चा रहने सम्भावना कम हुन्छ । अन्डाको विकासमा कमी हुनुसागै उमेर बढ्दै जाादा देखिने शारीरिक समस्याले पनि असर गर्ने प्रा.डा. गौतम बताउाछन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com