पूर्वराजा भए डिस्चार्ज


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

श्रावण ६, २०७४- मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिनपछि डिस्चार्ज भएका छन् । पूर्वराजा शाह शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट घर फर्कंदा पूर्वराजा मुस्कुराइरहेका देखिन्थे । उनलाई स्वागत गर्न पत्नी कोमल, छोरा पारससहित परिवारजन र शुभेच्छुक अस्पताल आएका थिए । बुधबार अस्पताल भर्ना भएका पूर्वराजाको एन्जियोप्लास्टी गरेर मुटूमा स्टेन्ट हालिएको छ ।

तस्बिरहरु : अंगद ढकाल



© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com