श्रावण ६, २०७४- कतारले इजिप्ट, साउदी अरब, बहराइन र यूएईले नाकाबन्दीलाई झन् कडा पारेको आरोप लगाएको छ । सरकारी अधिकारीहरूले कतारसामु नयाँ ६ वटा माग राखेर असंगठित रूपमा कतारलाई अप्ठ्यारोमा पारेको बताएका हुन् ।
बहराइन, यूएई र इजिप्टले मंगलबार आतंकवादलाई खाडीबाट परास्त गर्न कतारले ६ वटा माग सम्बोधन गर्नुपर्ने बताएका थिए । नयाँ मागसँगै उनीहरूले पुराना १३ मागहरू स्थगित गरेको जनाएका थिए ।
कतार सरकारको सञ्चार कार्यालयका निर्देशक शेख सैफ विन अहमद अल थानीले चार देशहरूले नियमित रूपमा विरोधाभाषपूर्ण भनाइहरू सार्वजनिक गरेको आरोप लगाए । उनका अनुसार अमेरिका वा कुवेतले आधिकारिक रूपमा कुनै सम्पर्क नगरेको जनाए ।
उनले नयाँ मागहरू अमेरिका वा कुवेतको दबाबमा आएको दाबी गरे । यी देशहरूले आतंकवादलाई समर्थन गर्न, सशस्त्र विद्रोहीहरूलाई संरक्षण दिन, हिंसालाई प्रोत्साहन गर्न र घृणा फैलाउने वक्तव्यबाजी गर्न तत्काल बन्द गर्नुपर्ने नयाँ माग राखेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
कतारको समाचार च्यानल अल जजिरा बन्द गर्नुपर्ने माग भने हटाइएको छ । आतंकवादलाई समर्थन गरेको भन्दै चार देशले कतारमाथि जुन ५ देखि नाकाबन्दी गरेका हुन् । कतारले भने यसलाई अस्वीकार गर्दै आएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।