बहिरा विद्यार्थीहरुलाई ६० लाख सहयोग


प्रकाशित मिति : जेष्ठ १३, २०७४ शनिबार

द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन नामक अमेरिकी सामाजिक संस्थाले बहिरा बालबालिका अध्ययन गर्ने धरानको एक विद्यालयलाई झन्डै रु ६० लाख नगद सहयोग प्रदान गरेको छ ।

यो सहयोगपछि सुस्त श्रवण कल्याण सङ्घमा आबद्ध ६५ विद्यार्थीले सुविधा सम्पन्न भवनमा बसेर शिक्षा लिने अवसर पाउने भएका छन् ।

धरान उपमहानगरपालिका–१६ जनपथमा लामो समयदेखि बहिरा बालबालिकाको अध्ययन र बसोवासको प्रबन्ध गर्दै आएको सङ्घलाई तीन अमेरिकी दाताले रु ५९ लाख ५० हजार सहयोग उपलब्ध गराएको विद्यालयकी प्रधानाध्यापक रेणू बुढाथोकीले जानकारी दिनुभएको छ ।

‘द’ रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेनका अध्यक्ष रबर्ट रोज र सदस्य रोज स्टेफन जोनको सक्रियतामा शिक्षा विभाग, विशेष शिक्षा परिषद्को अनुरोधमा उक्त सहयोग प्राप्त भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त सहयोग प्राप्त भएपछि देशका विभिन्न स्थानबाट शिक्षा र बसोवासका लागि धरानमा आएर बसोवास गर्दै आएका सुस्त श्रवण भएका बालबालिकाको अध्ययन एवम् अध्यापनका लागि १७ धुर जमिन खरिद गरेर भवन निर्माण गर्ने तयारी थालिएको छ ।

उक्त सहयोग रकमबाट विद्यार्थी बस्ने शिक्षालय भवन, कक्षा कोठालगायतका भौतिक पूर्वाधार तयार पार्ने र विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरु समेतको व्यवस्था गरी उच्च शिक्षा आर्जन गर्ने बालबालिकाको अभिलाषा पूरा गर्न प्रयत्न गरिने प्रधानाध्यापक बुढाथोकीले जानकारी दिनुभएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com