गतमहिना १०३३ नेपालीलाई अमेरिकाको भिसा, आप्रवासी भिसा पाउनेमात्र ४३७


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

आप्रवासन रोक र महामारी बीच पनि गतमहिना अर्थात् जनवरी २०२१ मा ४३७ नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका नेपाली दम्पत्तिहरु ३७३ जनाले भिसा प्राप्त गरेका छन् ।

त्यस्तै अमेरिकी नागरिकका छोराछोरीहरु र बुबाआमाहरु २८ जना नेपालीहरुले जनवरीमा अमेरिकाको आप्रवासी भिसा पाएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र जनवरीमा ४३६ जनालाई अमेरिकाको आप्रवासी भिसा जारी गरेको अमेरिकी सरकारको विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

त्यस्तै अमेरिकी दूतावास काठमाडौंले जनवरीमा ४३० जनालाई भिजिटर लगायतका गैरआप्रवासी भिसा जारी गरेको छ । जनवरीमा काठमाडौं दूतावासबाट भिजिटर भिसा पाउनेहरु ४१२ जना रहेका छन् । उनीहरु प्राय विगतको भिजिटर भिसा नविकरण गर्नेहरु हुन् । त्यो बाहेक एकजना विद्यार्थी भिसा र ३ जनाले मंगेतर भिसा प्राप्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले आप्रवासन रोक खारेज गरेपछि भिसा कुरेकाहरु र डिभी विजेताले चाल्नुपर्ने कदम

जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिसा लिने नेपालीहरुको संख्या भने उल्लेख्य रहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकजनालाईमात्र विद्यार्थी भिसा जारी गरेपनि जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको छ । उनीहरुका ५ जना डिपेण्डेण्टहरुले समेत भिसा पाएका छन् ।

परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक बाइडेनबाट खारेज

जनवरीमा काठमाडौं लगायत अन्य दूतावास र कन्सुलेटबाट अमेरिकाको गैरआप्रवासी भिसा पाउने नेपालीहरुको संख्या ५९६ रहेको छ । यसरी जनवरीमा कुल १०३३ नेपालीहरुले अमेरिकाको आप्रवासी र गैरआप्रवासी भिसा प्राप्त गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com