परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक बाइडेनबाट खारेज


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायतमाथि डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि लगाएको आप्रवासन रोक खारेज गरेका छन् । बाइडेनको यो कदमपछि अब डिभी लोटरी लगायत परिवारमा आधारित र  रोजगारमा आधारित आप्रवासी भिसामा अमेरिका आउनबाट रोकिएकाहरु अब अमेरिका आउन पाउने भएका छन् ।

बाइडेनले आज एक कार्यकारी आदेश जारी गरेर ट्रम्पले जारी गरेको कार्यकारी आदेश १००१४ लाई उल्टाएका हुन् । ट्रम्पको आप्रवासन रोकका कारण अमेरिकी ग्रिनकार्ड वाहकका दम्पत्ति र छोराछोरीहरु लगायत परिवारमा आधारित अन्य कैयन श्रेणीका आप्रवासीहरु पनि अमेरिका आउन पाएका थिएनन् ।

तर अब अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरीबाहेकका अन्य परिवारका सदस्यहरु र ग्रिनकार्डवाहकका परिवारका सदस्यहरु पनि अमेरिका आउन पाउने भएका छन् । अमेरिकी नागरिकका मंगेतर, दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरीलाई भने ट्रम्पको कार्यकारी आदेशले रोक लगाएको थिएन ।

कामदार भिसा एचवान बी लगायतमाथिको रोक भने बाइडेनले हटाएका छैनन् । विभिन्न प्रकारका कामदार भिसाहरुमाथि रोक मार्च अन्तिम सम्म नै कायम रहने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको कार्यकारी आदेशको पूर्ण पाठ

बाइडेनले आप्रवासन रोक खारेज गरेपछि भिसा कुरेकाहरु र डिभी विजेताले चाल्नुपर्ने कदम

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा सयौ नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तर उनीहरु अमेरिका आउन पाएका थिएनन् । अब उनीहरु पनि आउन पाउने भएका छन् ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ । तर अब भने उनीहरुले पनि भिसा पाउने भएका छन् ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com